Connect with us
Advertisement

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी २९ बर्षिया राधा घिमिरेको UAE मा घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते मृत्यु भएको छ ।

Published

on

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी २९ बर्षिया राधा घिमिरेको UAE मा घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते मृत्यु भएको छ । घटना रहस्यमय देखिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अब लाइसेन्सको काम राष्ट्रिय परिचय पत्रले गर्ने, त्यो पनि पाउन मुस्किल

Published

on

यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन ।

अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा अपग्रेड गरेको लाइसेन्स आउन वर्षाैं लाग्छ ।

विभागले २०७२ देखि स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको थियो । तर विभागले समयमा स्मार्ट लाइसेन्स दिन सकेको छैन । त्यसैले धेरैको हातमा राजस्व तिरेको कागज छ, लाइसेन्स छैन ।

ट्रायल पास गरेको वर्षाैंसम्म लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि विभागले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ ।

यो प्रयोग सफल भएमा चालकहरूले लाइसेन्स बोकिराख्नुपर्ने छैन भने विभागले लाइसेन्स छाप्ने प्रक्रिया नै बन्द गर्ने योजना बनाएको छ । ‘ढिलोचाँडो लाइसेन्सको आवश्यकता नपर्ने नै हो, अहिले नै त्यो निर्णयमा पुगेका छैनौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘साउनबाट कार्यान्वयनमा आएपछि केही समय हेरौं, अनि थप निर्णय हुन्छ ।’

१ करोड परिचय पत्र छापिन बाँकी

लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गरेपछि छपाइको समस्या भने समाधान हुने देखिँदैन ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार १ करोड ५० लाख व्यक्तिले राष्ट्रिय परिचय पत्रका लागि निवेदन दर्ता गराएका छन् ।

अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । सरकारले १ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्यसैले राष्ट्रिय परिचय पत्रमा आवद्ध हुनेहरूको संख्या निरन्तर बढ्दो छ । तर पञ्जीकरण विभागले पनि समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन । विभागका अनुसार हालसम्म करिब ४० लाखले मात्रै राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।

बाँकी एक करोडभन्दा बढीले पाएका छैनन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङका अनुसार अहिले दैनिक २५ हजार हाराहारी परिचय पत्र दैनिक छापिँदै आएको छ । नियमत यही गतिमा छपाइ हुने हो भने पनि यसकै लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ

ट्राफिकले कसरी चेकजाँच गर्ला ?

विभागको योजनाअनुसार लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत भयो र पञ्जीकरण विभागले छपाइ गरेर दियो भने पनि सडकमा ट्राफिक प्रहरीले कसरी चेकजाँच गर्ने भन्ने अलमल कायमै छ ।

स्मार्ट लाइसेन्स वितरण सुरु गर्दा विभागले ट्राफिक प्रहरीलाई रिडेबल मेसिन दिने बताएको थियो । तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन पाएको छैन ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सडकमा खटिएका ट्राफिक प्रहरीहरूले स्मार्ट लाइसेन्समा उल्लेख भएको विवरण आँखाले हेरेर चेकजाँच गर्ने गरेका छन् ।

अब राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्दा कसरी चेकजाँच गर्ने भन्ने अन्योल हुनेछ । किनकि राष्ट्रिय परिचय पत्रमा नाम, परिचयपत्र नम्बर, जारी भएको मिति लगायतका विवरण मात्र उल्लेख हुन्छ ।

थप विवरणका लागि क्यूआर कोड छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन अर्थात १ साउनदेखि लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने बताएका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार पनि ट्राफिक प्रहरीले कुन माध्यमबाट परिचय पत्रको क्यूआर स्क्यान गर्छन् भन्नेमा विभाग अहिलेसम्म निर्णयमा पुगेको छैन ।

भन्छन्, ‘प्राविधिक काम भइरहेको छ । एप्लिकेसन बनाएर मोबाइलबाट हेर्ने वा ट्राफिकलाई नयाँ डिभाइस दिने निर्णय भइसकेको छैन ।’

Continue Reading

Banner

नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

Published

on

आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

Continue Reading

Banner

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरु

Published

on

मोरङ्ग: नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका एम. बी. बी. एस., बी. डी. एस. लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष खेलकुद कार्यक्रमको आयोजना गरी नोवेल फिस्टा मनाउने गर्दै आएका छन् ।

 

यस वर्ष पनि एम. बी. बी. एस. १५ औं ब्याच र बी. डी. एस. १०औं ब्याचका बिद्यार्थीहरुले मिति २०८१ जेठ २५ गते एक औपचारिक कार्यक्रम गरी नोवेल फिस्टा (Nobel Fiesta) को सुरुआत गरेका हुन् ।

कार्यक्रम उद्घाटनका प्रमुख अतिथि सहप्राचार्य प्रा. डा. ऋतु बराल र अतिथिहरुमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. गेहनाथ बराल, प्रा. डा. सिता पोखरेल, प्रा. डा. यू. सी. भद्रा, महाप्रवन्धक श्री दिपेश राई, मानवसंसाधन विभागका प्रमुख श्री ज्योति लुइटेल, शैक्षिक प्रशासनबाट श्री प्रिया पोखरेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि तथा अतिथिहरुले विरुवामा पानी हालेर साथै पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । २०८१ सालको नोवेल फिस्टाको औपचारिक सुरुआत प्रमुख अतिथिले नोवेल फिस्टाको ब्यानर पढ्नु भए पछि भएको थियो ।

खेलकुद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, कबड्डी, दौड प्रतियोगिता, लङ्ग जम्प, सटपुट, महिला फुटसल, क्रिकेट, महिला क्रिकसल, व्याडमिण्टन, टेबलटेनिस, चेस, क्यारामबोर्ड, अनलाइन गेमहरु खेलिने छन् जसमा सवै शैक्षिक कार्यक्रमका विद्यार्थीहरु, इन्टर्न, रेजिडेण्ट, चिकित्सक, फ्याकल्टी, कर्मचारीहरु समावेस हुने छन् । नोवेल फिस्टा जेठ ३२ मा समाप्त हुने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक